सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रशासनले भन्यो – यस्तै अवस्था भए, अनिश्चितकालीन कर्फयु लगाउँछौँ

२०७६ चैत्र २०, ०७:३६ खबर संवाददाता

कैलालीमा लकडाउन गर्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनले थप कडाई गर्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालयले विभिन्न माध्यमबाट लकडाउनमा सघाउन अपिल गर्दागर्दै पनि विभिन्न बाहानमा उल्लङ्घन गर्ने क्रम नरोकिएको भन्दै थप कडाई गरिने जनाएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अहिलेको जस्तै अवस्था रहेमा अनिश्चितकाली कर्फयु जारी गर्ने विकल्प अपनाईने बताए।

‘पहिलको भन्दा मान्छेहरुले लकडाउन हाम्रै लागी हो भनेर बुझेको देखिएपनि सडक आउन रोकिएका छैनन्।’ प्रजिअ बोहराले भने, ‘तर जुन किसिमले बुझ्नुपर्ने हो त्यो देखिदैन् त्यस्तै प¥र्यो, मान्नुभएन भने, अनिश्चितकालीन कर्फयुको कदम चाल्नुपर्ने देखिन्छ त्यो गछौँ।’

तर लकडाउन अरुका लागि नभएर आफू र आफ्नो परिवारका लागि भएका कुरा बुझ्न समेत जिल्लाबासीलाई आग्रह गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस