सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालाबाट आजैदेखि नमूना परिक्षण गरिने

२०७६ चैत्र २०, ०८:५१ खबर संवाददाता

संघिय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट आजैदेखि नमुना परिक्षण गरिने भएको छ। बुधबार साँझ प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीले बाँकी रहेका काम सकेर आजदेखि नै नमुना परिक्षण गर्ने तयारी भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिहरुको थ्रोट स्बावको नमुना परिक्षण थालिने बताए।

‘हामीले हिजो साँझ अबेर सम्म काम गरी प्रयोगशालाका उपकरण जडानको काम सकेका छौँ।’ लेखकले भने, ‘संकलित नमुनालाई सुरक्षित राख्न बायो सेफ्टी आवश्यक पर्छ। ती सुरक्षाका कामहरु आज गछौँ। दिउँसो ती काम सकियो भने आजै साझदेखि नमुना परिक्षणको कामलाई अगाडी बढाउँछौँ।’

बाँकी रहेका काम आज दिउँसोमा सम्पन्न हुने÷नहुने विषयमा राखिएको जिज्ञाशामा लेखकले भने, ‘सकिन्छ त्यस्तो जटिल केही पनि छैन्। समान्य कामहरु मात्र बाँकी हो।’

संघिय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परिक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलीकोप्टर मार्फत मंगलबार धनगढी ल्याईएको थियो। बुधबार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेको थियो।

यसअघि सुदूरपश्चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईदै आएको थियो। जसले गर्दा परिक्षणमा ढिलाई हुने गरेको थियो।

तर सेतीमै परिक्षण सुरु भएमा सहज हुने विश्वास गरिएको छ। अहिले जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताईएको छ।  
 

कमेन्ट लोड गर्नुस