सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु

२०७६ चैत्र १८, ०१:१९ खबर संवाददाता

धनगढी ः कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न र भाईरस नियन्त्रणका लागि भएका प्रयासको विषयमा छलफल गर्नका लागि सुदूरपश्चिमका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, ९ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख , प्रमुख जिल्ला अधिकारी , सदरमुकामस्थित स्थानिय तह प्रमुख र जिल्ला अस्पतालका मेसुबीच भिडियो कन्फ्रेन्स सुरु भएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव ओलीका अनुसार कोरोना भाईरस नियन्त्रण तथा उपचार र जिल्लाको आपूर्ती अवस्थाको विषयमा छलफल भईरहेको छ। 

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता रहेको छ। 

कमेन्ट लोड गर्नुस