सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारीको निधन

२०७६ चैत्र १६, ०५:४७ खबर संवाददाता

कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन  भएको छ। ८६ वर्षीया राजकुमारी टेरेसा हिजो (शुक्रबार) निधन  भएको बताइएको छ। 

राजकुमारी टेरेसाको निधन भएको शाही परिवारले पुष्टि गरेको छ। उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो। उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। स्पेनमा हालसम्म ५ हजार ८ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ भने ७२ हजार २ सय ४८ जनामा संक्रमण भएको पुष्टि भएको छ । शनिबार मात्रै स्पेनमा ६ सय ७४ जनाको मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस