सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट देश र विदेशमा ३२ नेपाली संक्रमित, ३ जनाको मृत्यु

२०७६ चैत्र १५, ०७:३२ खबर संवाददाता

कोभिड– १९बाट हालसम्म देश तथा विदेशमा गरी ३२ जना नेपाली संक्रमित भएका छन्। संक्रमितमध्ये ३ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ। 

विदेश पुगेका र स्वदेश फर्किएको अवस्थाका २९ नेपाली कोरोनाबाट संक्रमित भएका छन्। अस्ट्रेलियामा ८ नेपालीमा कोरोना भाइरस पुष्टि भएको छ। त्यस्तै युएई पुगेका ४ नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै कतारमा २ नेपाली कोरोनाबाट संक्रमित भएका छन्। पोर्चुगलमा ६ जना नेपालीमा कोरोना संक्रमण भएको छ। 

यस्तै बहराइनमा ३, बेलायतमा कोरोनाबाट ३ नेपाली संक्रमित रहेको जानकारी आएकोमा दुइको मृत्यु भएको छ।  यस्तै नेपाल फर्किएका ५ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ। पहिलो संक्रमित चीनबाट फर्किएका थिए। उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी युवती, तेस्रो युएईबाट फर्किएका युवा, चौथो दुबैबाट धनगढी आएका युवा र पाँचौ बेल्जियमबाट कतार हुँदै नेपाल आएकी युवती। 

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा दुई र अमेरिकामा एक गरी तीन नेपालीको मृत्यू भएको छ।
 

कमेन्ट लोड गर्नुस