धनगढीमा चोरी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया वनदेवी टोलमा दसैँ मनाउन घरधनी पहाड गएको मौका छोपेर चोरी भएको छ।
हरिमोहन भट्टको घरबाट ६ तोला सुन, २ तोला चाँदी र गुल्लकमा जम्मा गरेर राखेको करिब डेढ लाख रुपैयाँ चोरी भएको हो। भट्टका अनुसार उनी परिवारसहित असोज २५ गते दसैँ मनाउन आफ्नो घर बैतडी गएका थिए।
कार्तिक ५ गते घर फर्किएपछि घरमा चोरी भएको थाहा पाएको उनले बताए। घटनाबारे भट्टले इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका छन्। प्रहरी कार्यालय मालाखेतीका अनुसार चोरीसम्बन्धी उजुरी प्राप्त भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।