सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा अर्की युवतीमा भेटियो कोरोना भाइरस

२०७६ चैत्र १५, ०४:२७ खबर संवाददाता

नेपालकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। युरोपबाट फर्किएकी बागलुङकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो।

उनी चैत ४ गते नै कतारकतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।  कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ।

यससँगै नेपालमा कोभिड(१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको ।  उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस