उद्योगी अग्रवालद्धारा पीपीई सहयोग
धनगढी : उद्योगी मनोज अग्रवालले चार सय ३४ थान पीपीई सहयोग गरेका छन्। कैलाली उद्योग वाणिज्य संघका सदस्य समेत रहेका अग्रवालले कोरोनाको जोखिम बढ्दै गएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मी र विरामीको निगरानीमा खटेका स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्ट(पीपीई) प्रदान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीमा उनले एक सय १५ थान पीपीई हस्तान्तरण गरेका हुन् भने थप तीन सय १९ थान पीपीई आज राति पुग्ने अग्रवालले बताए।