सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २१

२०७६ चैत्र १५, ०२:५८

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ।

तमिल नाडू, राजेस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक(एक जनाको मृत्यु भएको हो। केरलामा अहिलेसम्म एक जनाको मात्रै मृत्यु भए पनि १७६ संक्रमित बिरामीहरू रहेका छन् जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन्।

गएको २४ घण्टामा भारतमा एक सय ४९ नयाँ संक्रमित बिरामी थपिएका छन्। त्यहाँ अहिले कोरोनाभाइरस संक्रमित बिरामीको संख्या आठ सय ७३ पुगिसकेको छ। –एजेन्सी

कमेन्ट लोड गर्नुस