सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिलिपिन्सका सैन्य प्रमुखलाई कोरोना संक्रमण

। फोटो स्रोत ।
२०७६ चैत्र १५, १२:५४ खबर संवाददाता

फिलिपिन्सका सेना प्रमुखलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। शुक्रबार मात्रै उनलाई कोभिड १९ भएको सैन्य जनसम्पर्क कार्यालयले जानकारी दिएको हो।

फिलिपिनो सेना प्रमुख फेलिमन सान्तोसको परीक्षण यही मार्च २३ मा गरिएको थियो। सेना प्रमुख सान्तोको पोजिटिभ रिपोर्ट आएपछि उनीसँग भेटेका वा नजिक रहेका अन्य सैन्य अधिकारीहरुको पनि कोरोना परीक्षण गरिन थालेको छ। केही उच्च अधिकारीहरु पनि क्वारेन्टाइनमा बस्न थालेका छन्।

सान्तोसलाई पोजिटिभ रिपोर्ट आउना साथ शुक्रबारदेखि नै १४ दिनका लागि कडा क्वारेन्टाइनमा राखिएको छ। उनका लागि सैन्य क्याम्पभित्रै क्वारेन्टाइनको व्यवस्था गरिएको बताइएको छ।

यस्तै यही शनिबार ७५औं जन्मदिन मनाउन तयार रहेका फिलिपिनो राष्ट्रपति रोड्रिगो दुतेर्ते पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन्। राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पानेलोका अनुसार दुतेर्ते क्वारेन्टाइनबाटै आफ्नो नियमित काम गर्नेछन्। एजेन्सी

कमेन्ट लोड गर्नुस