सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘दुबईबाट सतर्कता अपनाएरै धनगढी पुगेको हुँ, संक्रमण होला भन्ने विश्वास पनि थिएन’

२०७६ चैत्र १५, १०:३३ खबर संवाददाता

धनगढी : युएईको दुबईमा रोजगारीका लागि गएको साढे चार बर्ष भईसकेको थियो। कम्पनीले एक महिनाको विदा दिएपछि घर फर्किने सोच बनाए तर नेपालले चैत १ बाट खाडी मुलुक हुँदै नेपाल आउने सबै उडान रोकेको थियो। विराटनगरका एक जना साथी र म भारतको राजधानी दिल्ली हुँदै धनगढी आउने योजना बनायौँ र सोही अनुसार ७ गते दुबैईबाट दिल्ली पुग्यौ। दिल्लीबाट काठमाडौँ उठानका लागि ६ घण्टा पर्खिनुपर्ने थियो तर हामी विमानस्थलबाट कतै बाहिर निस्केनौ।

६ घण्टापछि काठमाडौँका लागि उड्यौ। त्यो दिन म काठमाडौँ मामाको घर बसे। चैत ८ गते सोझै धनगढीको टिकट पाईएन र म बुद्ध एयरको विमान मार्फत नेपालगञ्ज आए। नोपलगञ्जबाट महेन्द्रनगरको सार्वजकिन बसमा चढे र अत्तीरयाबाट अर्को सार्वजनिक गाडीमा धनगढी पुगे। ८ गते पनि मेरो यात्रामै बित्यो। ९ र १० गते घर परिवार र छरछिमेकसंग सामान्य भेटघाट भयो।

दुबैईदेखि धनगढी पुग्दा सम्म मैले सतर्कता अपनाएको थियो। मास्क र सेनेटाईजरको पनि प्रयोग गरेकै थिए। ११ गते स्वास्थ्यमा सामान्य समस्या देखिएपछि म सेती प्रादेशि अस्पता भर्ना भए। डाक्टरले आईसोलेसनमा बस्न सुझाए। आईसोलेसनमा बसेको चौथो दिन कोरोना भाईरस पोजेटिभ देखाएको सुन्दा म आफैँ अचम्मित भए। 

संक्रमणको पुष्टि पछि अहिले मलाई सेती अस्पतालको छुट्टै कोठामा राखिएको छ। अहिले सम्म स्वस्थ्यकर्मी भेट्न आउनुभएको छैन्। मैले तातो पानी पनि पाएको छैन्। कोही भेट्न नआए पनि तातो पानी बेला–बेला पाए ठिक हुन्थ्यो। मलाई सन्चो हुन्छ भन्ने पूर्ण विश्वास छ। मेरो अवस्था ठिकै छ म सबैलाई सतर्क रहन आग्रह पनि गर्न चाहन्छु। 

धनगढीका संक्रमित पुरुषसंगको कुराकानीका आधारमा
 

कमेन्ट लोड गर्नुस