सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा कञ्चनपुर प्रशासनले गरेका पाँच काम : गुनासो सुनवाईदेखि उद्दार सम्म

२०७६ चैत्र १४, ०६:२२ खबर संवाददाता

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनको चौथो दिन गरेका पाँच वटा काम सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्णानन्द जोशीले शुक्रबार गरेका पाँच वटा काम सार्वजनिक गरेका छन्। जसमा गुनासो सुनवाईदेखि उद्दार सम्मका काम गरिएको उल्लेख छ।

जोशीद्धार जारी सूचनामा लकडाउन सम्बन्धी विभिन्न ५ वटा गुनासोको जवाफ÷जानकारी दिईएको समस्या समाधान गरिएको उल्लेख छ। यस्तै कोभिड–१९ को पूर्वतयारी सर्वेक्षण फारम तयार गरी सबै स्थानीय तहलाई विवरण पठाउन अनुरोध गरिएको, ७ जनालाई बेल्डाडीबाट नियन्त्रणमा लिएर डडेल्धुरा पठाएको,

महाकाली पुल आयोजना कार्यालयका एक सय ५५ बर्दिया लगायतका जिल्ला पठाईएको डडेल्धुराबाट हिडेर आएका १४ जनालाई नियन्त्रणमा लिई घर सम्म पुगाईएका र अत्यावश्यक कामका लागि २० वटा विशेष सवारी पास र आवागमन अनुमती जारी गरिएको प्रशासनले जनाएको छ।

यसअघि विश्व महाहारीका रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागी प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले सरकारले लकडाउन र सीमानाका बन्द नगर्दै उक्त निर्णय गरेका थिए। उनले पश्चिमी सीमा नाका गड्डाचौकीको आवागमन बन्द गर्ने र अर्को निर्णय नभए सम्मका लागि महेन्द्रनगरमा लकडाउन गरेका थिए।

तर पछि संघिय सरकारले त्यसपछि मात्र लकडाउन र सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। 

 

कमेन्ट लोड गर्नुस