सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली अस्पताल भर्ना

२०७६ चैत्र १४, ०८:२८ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

प्रधानमन्त्रीलाई असहज महसुस भएपछि भर्ना गरिएको स्रोतले जनाएको छ। ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।
 

कमेन्ट लोड गर्नुस