सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज देशका केही ठाउँमा चट्याङ् र हावाहुरी सहित पानी पर्ने सम्भावना

२०७६ चैत्र १४, ०८:१३ खबर संवाददाता

शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए।

उनका अनुसार मध्य र पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै पानी पर्नेछ। तर पश्चिमी निम्न चापीय प्रणाली मध्य हुँदै पूर्वमा सर्ने भएकाले दिउँसोपछि काठमाण्डौसहित मध्य क्षेत्रको मौसम पनि बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्ने उनले बताए।

यसकै प्रभावले शुक्रबार बेलुकीसम्ममा पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए। यो प्रणाली पूर्व हुँदै नेपालबाट बाहिरिने भएकाले शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गको अनुमान छ। 
 

कमेन्ट लोड गर्नुस