सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गर्न आयोगको आग्रह

२०७६ चैत्र १३, १०:३८ खबर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गर्ने आग्रह गरेको छ। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आयोगलेआग्रह गरेको हो।

आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनको अवस्थामा घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ।

आयोगले उपचारका क्रममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारको स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था गर्न आग्रह गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको रोग फैलिन नदिन सरकारले लकडाउन गरेको कार्यलाई सकारात्मक रुपमा लिँदै आयोगले विषम परिस्थितिमा नागरिकप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। 
 

कमेन्ट लोड गर्नुस