सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृतकको संख्या २१ हजार २ सय, स्पेनमा चीनको भन्दा धेरै मृत्यु

२०७६ चैत्र १३, ०७:२८ खबर संवाददाता

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ। गत २४ घण्टामा विश्वभर २ हजार २ सय ९७ जना मृतक थपिएका छन्। सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ।

चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन्। यससँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ। स्पेन धेरै मृत्यु हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ। स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। यो चीनको भन्दा ३ सय ६० ले बढी हो।

कमेन्ट लोड गर्नुस