सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ चैत्र १३, ०६:०६ खबर संवाददाता

नेपाल सरकारद्वारा जारी गरिएको लक डाउनको समयमा जनकपुरमा कालोबजारी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुर स्थित बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु  र प्याबेचेको पाइएपछि उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, जनकपुरधाम वडा नम्बर ४ बस्ने अंकित साह र जनकपुरधाम वडा नम्बर ४ वस्ने बिकाश कुमार साह रहेका छन्। उनीहरु जनकपुरका छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्। 
 

कमेन्ट लोड गर्नुस