Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

हेमोग्लोबिन कमी किन हुन्छ ?

२०७६ चैत्र १२, ०७:३७
अ+

ग्लोबल न्युट्रिसियनको रिपोर्टअनुसार विश्वका गर्भवती महिलामध्ये आधा एनिमियाबाट ग्रस्त हुने गर्छन्। तर, महिला मात्र नभएर जुनसुकै उमेर वा लिंगका मानिसमा हेमोग्लोबिनको मात्रा कम हुन सक्छ । यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक साबित हुन्छ।

एकप्रकारको मेटल प्रोटिनले हेमोग्लोबिनको रातो रक्तकोषिका निर्माण गर्छ। जसले फोक्सो र घाँटीबाट शरीरभित्र अक्सिजनयुक्त रगत लैजाने काम गर्छ। यसका साथै शरीरका सबै प्रक्रिया सुचारु गर्न महत्वपूर्ण भूमिका निभाउने गर्छ। शरीरमा भएको आइरनमा करिब ७० प्रतिशत हेमोग्लोबिनको मात्रा हुन्छ।

यसले श्वासप्रश्वास, मेटाबोलिज्म स्वस्थ राख्न र प्रतिरक्षा क्षमता बढाउन पनि सहयोग गर्छ।
कति हुन्छ हेमोग्लोबिन ?
शरीरमा भएको कुल रगतको १० भागमा एक भाग हेमोग्लोबिनको मात्रा हुने गर्छ। उमेर र लिंगका आधारमा हेमोग्लोबिनको मात्रा पनि फरक–फरक हुने गर्छ। नवजात शिशुमा सामान्यतया १७।२२ ग्राम डिएल हेमोग्लोबिन हुन्छ। बच्चामा ११।१३ ग्राम डिएल, वयस्क पुरुषमा १४।१८ र महिलामा १२।१६ ग्राम डिएल हेमोग्लोबिनको मात्रा हुने गर्छ।
के हो एनिमिया ?
रगतमा हेमोग्लोबिनको मात्रा कमी भएमा आइरनको कमी अर्थात् एनिमिया हुने गर्छ। सुरुको अवस्थामा आइरनको कमी हुन्छ र पछि शरीरमा जम्मा भएको आइरनबाट हेमोग्लोबिन लिन थाल्छ। जसका कारण शरीरमा हेमोग्लोबिनको मात्रा पूर्ति हुन पाउँदैन। र, आइरनको कमीकै कारण एनिमियाको समस्या हुन्छ।

रगतमा रक्तकोषिका कम हुँदा या हेमोग्लोबिनको कमी हुँदा विभिन्न समस्या उत्पन्न हुन्छ। यसमा उच्च रक्तचाप, आन्तरिक रक्तश्राव, पोषण, भिटामिन बी १२, फोलेटको कमी, आसामान्य रूपमा हेमोग्लोबिनको सञ्चारलगायतका समस्या आउने गर्छ।
हेमोग्लोबिनको कमी या एनिमिया ?
शरीरमा हेमोग्लोबिनको कमी छ वा एनिमियाको समस्या छ भने विभिन्न तरिकाले पहिचान गर्न सकिन्छ। एनिमिया छ भने अत्यधिक थकानको महसुस हुन्छ। हेमोग्लोबिनको कमीले गर्दा भने छाला पहेँलो बन्दै जान्छ। रातो रक्तकोषिकाले छालालाई गुलाबी चमक दिने गर्छ।

तर, हेमोग्लोबिनको कमी भएमा छालाको चमकमा गिरावट आउँछ। हेमोग्लोबिनको कमी भएमा मुटुको धड्कन तीव्र हुने गर्छ। जसका कारण मानिस छटपटिने पनि गर्छन्। हेमोग्लोबिनले शरीरभित्र अक्सिजनयुक्त रगत र्पुयाउने गर्छ। त्यसैले हेमोग्लोबिनको कमी भएमा श्वासप्रश्वासमा पनि समस्या उत्पन्न हुन थाल्छ।

हेमोग्लोबिनको कमी भएमा शरीरभित्र उत्पन्न ध्वनि सुन्ने गरिन्छ तर बाहिरको आवाज भने त्यति राम्रोसँग सुन्न सकिँदैन। यसका साथै टाउको दुख्ने, स्वादमा परिवर्तन, कपाल झर्ने, असामान्य रूपमा शरीर सुन्निने, माटो, चक, बरफ, कागज, नङ चपाउनेजस्ता समस्या निम्तिने गर्छ।
असर
एनिमियाको समस्याबाट तार्किक क्षमतामा ह्रास आउन थाल्छ। मस्तिष्कमा मोनोमाइनको मेटाबोलिज्ममा आइरनको भूमिका महत्वपूर्ण हुन्छ। आइरनको कमी भएमा उदासीनता, पसिना आउने, ध्यान केन्द्रित गर्न नसक्नेजस्ता समस्या उत्पन्न हुन्छ।

हेमोग्लोबिनको कमीले डिप्रेसन, हृदयाघात, अनियन्त्रित धड्कनलगायतका समस्या उत्पन्न गर्न सक्छ। हेमोग्लोबिनको मात्रा असामान्य भएमा प्रतिरक्षा प्रणाली कमजोर हुने पनि गर्छ। जसले गर्दा विभिन्न संक्रमण तथा रोगले छिटै आक्रमण गर्ने डर हुन्छ।

हेमोग्लोबिनको मात्रा कमी भएमा मानिसमा निराशापनको समस्याले पनि गाँज्दै लैजान्छ।
अनि खतरा
उमेर बढेसँगै मानिसमा हेमोग्लोबिनको कमीको खतरा बढ्दै जाने गर्छ। जीवनशैलीका कतिपय यस्ता व्यवहार हुन्छन्, जसले यसलाई विकसित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। बढी व्यायाम गर्ने मानिसमा पनि हेमोग्लोबिनको कमी हुने खतरा हुन्छ। किनकि, शारीरिक परिश्रमले रातो रक्तकोषिकालाई टुटाउने गर्छ।

महिनावारी र गर्भवतीको समयमा महिलामा एनिमियाको खतरा बढेर जाने गर्छ। धूम्रपान, मद्यपानका कारण पनि शरीरमा अक्सिजनको अतिरिक्त आवश्यकता हुन्छ। जसका कारण पनि शरीरमा अतिरिक्त हेमोग्लोबिनको आवश्यकता हुन्छ। जसले हेमोग्लोबिनको मात्रा कम हुने खतरा हुने गर्छ।
यसरी हुन्छ पूर्ति
हेमोग्लोबिनको मात्रामा सामान्य असन्तुलन हुँदा पनि शरीरमा आइरनको कमी हुने सम्भावना बढेर जान्छ। यस्तो समस्या रोक्नका लागि आइरनयुक्त खाद्यपदार्थको प्रयोग बढाउनुपर्छ।

यसका लािग सबैभन्दा उपयुक्त प्राकृतिक स्रोत हुन्छ। हेमोग्लोबिन र आइरनको मात्रालाई सही राख्नका लागि सागपात, सलाद, विभिन्न प्रकारका सिमी, चना, रेडमिट, चिकेन र अन्डाजस्ता पदार्थको प्रयोग गर्न सकिन्छ। एजेन्सी