सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट अमेरिकाका विख्यात नाटककारको मृत्यु

। फोटो स्रोत ।
२०७६ चैत्र १२, ०७:५१ खबर संवाददाता

कोरोना भाइरस संक्रमणबाट अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको मृत्यु भएको छ। टोनी पुरस्कार चार पटकसम्म जितेका ८१ वर्षीय मेक्नलीको फ्लोरिडामा मृत्यु भएको हो। ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए।

उनी समलंगी, क्यान्सर लगायतका कारण पनि चर्चित थिए। मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो। क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए।

यसैबीच अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। उनी ८६ वर्षका थिए। कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार भएको बताइएको छ।

 

कमेन्ट लोड गर्नुस