सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकाे सीमामा स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मोमिटरसमेत छैन

२०७६ चैत्र १०, ०५:५१

बाजुरा: अछाम र बाजुराको सीमानामा पर्ने डाब बजारमा स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने आइआर थर्मोमिटर समेत छैन्।

बिरामीको तापक्रम जाँचसँगै बाजुरा भित्रिने यात्रुहरुका लागि कोरोना भाइरस सम्बन्धी सचेतना दिने उद्देश्यले स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने आइआर थर्मोमिटर नभएको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले बताए। ‘एकातिर आफु सुरक्षित हुने सामाग्री छैन अर्कोतिर ज्वरो नाप्ने थर्मामिटर छैन’ संयोजक शाहले भने ‘जनशक्ति पनि कम भएकाले चेकजाँच गर्न समस्या भइरहेको छ।’ 

स्थापना भएको हेल्थ डेस्कमा भित्रिएका यात्रुको रेकर्ड राख्ने कामबाहेक अन्य केही हुन नसकेको स्थानीयले बताएका छन्। आइतबार मात्रै जिल्लामा ६ सय ७० यात्रु भित्रिएका थिए।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले ज्वरो नाप्ने थर्मामिटर नभएको स्वीकार गरेका छन्।  सुुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण निगरानि तथा रोकथाम सम्बन्धि हेल्थ डेक्स संचालन मार्गदर्शन २०७६ तयार गरेको छ। त्यो अनुसार भने स्थापना भएका हेल्थ डेक्समा कुनै पनि व्यवस्थापन हुन सकेका छैनन्। 
 

कमेन्ट लोड गर्नुस