सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी रंगशालामा ५० शैयाको आइसोलेसन कक्ष स्थापना, प्रदेशभरी ७ सय ५० कक्ष

२०७६ चैत्र १०, ०२:१७ कमल सावद

धनगढी: कैलालीको धनगढी रंगशालामा आइसोलेसन स्थापना गरिएको छ। नेपाली सेनाको सहायतमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरेको हो। 

स्थापना गरिएका आइसोलेन कक्षमा भारतबाट आएका तथा प्रदेशभरी भेटिने कोरोनाका संक्रमितहरुलाई राखिने सुदूरपश्चिमका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।

‘अब यहाँसहित प्रदेशभरी ७ सय ५० वटा आइसोलेसन कक्ष स्थापना भइसकेका छन्’ उनले भने, ‘भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन त्यसैले संक्रमितलाई मात्रै धनगढीको आइसोलेसनमा राखिने छ।’ प्रत्येक जिल्ला अस्पतालमा ५ बेड तथा प्रदेशरभरी रहेका नेपाली सेनाका प्रत्येक गणमा ७/७ वटा आइसोलेसन कक्षसमेत स्थापना भएको उनले बताए। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस