सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक घण्टामा भित्रिए दुई सय जना

तस्बिर : पुष्कर भट्ट
तस्बिर : पुष्कर भट्ट
२०७६ चैत्र १०, ०७:५६ खबर संवाददाता

कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट एक घण्टाको अवधीमा झण्डै दुई जना नेपाल प्रवेश गरेका छन्। आज बिहान १० बजेपछि सीमा नाका बन्द हुने भएपछि आईतबार साझ नै सीमावर्ती बजारमा पुगेकाहरु फर्किन थालेका हुन्। स्थानीय प्रशासनलाई उदृत गर्दै कञ्चनपुरका पत्रकार पुष्कर भट्टले गड्डाचौकी नाकाबाट एक घण्टाको अवधीमा दुई जना नेपाल भित्रिएको दिनेश खबरलाई बताए।

उनीहरुलाई सीमामा स्थापना गरिएको नेपाली सेनाको हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणपछि मात्र नेपाल प्रवेश गर्न दिएको हो। यस्तै आईतबार बेलुका पनि गड्डाचौकी नाकाबाट ७० स्वदेश फर्किएका थिए।  भारतमा कोरोनाको संक्रमण फैलिएपछि रोजगारीको सिलसिलामा रहेकाहरु धमाधम स्वदेश फर्किरहेका हुन्। शनिबार मात्र गड्डाचौकी नाकाबाट झण्डै १० हजार नेपाली फर्किएका थिए।  

सरकारले कोरोनाको महामारी फैलिन नदिन भन्दै आजदेखि एक हप्ताका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।  भारतमा कोरोनाको संक्रमणबाट ७ जनाको मृत्यु भईसकेको छ भने तीन सय ९६ जना संक्रमित छन्। 

कमेन्ट लोड गर्नुस