मानव सेवा आश्रम धनगढीमा आश्रय लिएकालाई एक छाक खाना
धनगढी- मानव सेवा आश्रम धनगढीमा आश्रय लिएकाहरुलाई एक छाक खाना खुवाइएको छ। धनगढीका स्थानीय तथा सुदूरपश्चिम समाज दक्षिण कोरियाका कोषाध्यक्ष डिल्लीराज पनेरु र उनकी श्रीमती कमला पनेरुले आश्रममा आश्रीतहरुलाई एक छाक खाना खुवाएका हुन्।
उनीहरुले आश्रममा आश्रीत ३५ जनालाई खीर, पुरी तथा तरकारी खुवाएका डिल्लीराजका दाई कैलाली उद्योग वाणिज्य संघका सचिव शिद्धराज पनेरुले जानकारी दिए। उनीहरुको केहि दिन पहिले मात्र विवाह भएको थियो।