सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरकारी निर्देशनको अवज्ञा गरेर विद्यालय सञ्चालन गरेको भन्दै कारवाहीको माग

२०७६ चैत्र ८, ०७:१३ खबर संवाददाता

धनगढी: विश्वव्यापी रुपमा फैलिरहेको कोभिड– १९ बाट सर्तक रहन नेपाल सरकारले दिएको निर्देशनलाई लत्याएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) कैलालीले कारवाहीको माग गरेको छ। आइतबार एक विज्ञप्ति निकाल्दै अनेरास्ववियूले धनगढीमा रहेको युरो किड्स लगायत निजी तथा संस्थागत विद्यालयलाई कारवाहीको माग गरको हो। 

‘विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड र नेपाल सरकारले जारी गरेको निर्देशन लत्याउँदै आम विद्यार्थीको स्वास्थ्यलाई नै ठूलो जोखिममा पारेर गरिएका यसखालका गैरजिम्मेवारपूर्ण हर्कतप्रति हामी घोर निन्दा र आपत्ति प्रकट गर्दछौ। अनेरास्ववियू यस खालका गैरजिम्मेवार गतिविधि गर्ने सबै विद्यालयलाई तत्काल कारवाही गर्न सारोकारित नियमकारी निकायहरुलाई जाडदार माग गर्दछ’ संयोजक कुमार बडैला र सहसंयोजक समीर जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। 

कमेन्ट लोड गर्नुस