सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मिस नेपाल २०२०’ सर्यो

२०७६ चैत्र ८, ०५:२४ खबर संवाददाता

नेपाल सरकारले कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सम्पूर्ण सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्न आग्रह गरे पश्चात ‘मिस नेपाल २०२०’ प्रतियोगिताको मिति सरेको छ।

आगामी वैशाख १८ गते सम्मका लागि प्रतियोगिता स्थगित गर्ने आयोजक ‘द हिडन ट्रेजर’ले जनाएको छ। 

नयाँ मिस नेपालका लागि धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सकिसकेको छ। 

कमेन्ट लोड गर्नुस