सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा होलीदेखि वेपत्ता रहेका पुरुषको शव फेला

२०७६ चैत्र ८, ०५:२४ खबर संवाददाता

धनगढी : धनगढीमा होलीको दिनदेखि वेपत्ता रहेका एक जनाको शव फेला परेको छ। होलीको दिन अर्थात फागुन २७ गतेदेखि वेपत्ता रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर १९ का ५० बर्षीय चुल्लुराम चौधरीको आज शव फेला परेको हो।

आज विहान सवा ११ बजे धनगढी उप–महानगरपालिका वडा नम्वर १८ स्थित लालीगुरास र पशुपति सामुदायिक बनको सीमानामा उनको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘टाउँको, आखा र शरिरमा भएको भाग किराले खाएको अवस्थामा शव फेला परेको छ। घटनास्थलमा बहुलिया प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको टोली पठाईएको थियो।’

कमेन्ट लोड गर्नुस