सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थलीलाई व्यवसायीद्वारा ६ सय थान मास्क सहयोग

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७६ चैत्र ८, ०१:५२ खबर संवाददाता

धनगढी: पश्चिम सेती निर्माणका लागि दबाब दिँदै आएको बोलन्या थलीलाई अत्तरियाका युवा व्यावसायी चन्द्रराज उपाध्याय र ललित बोहराले मास्क सहयोग गरेका छन्। कोरोना भाइरसको संक्रमणबाट जोगिन सर्वसाधारणलाई वितरण गर्न भनेर उनीहरुले बोलन्या थलीलाई ६ सय थान मास्क सहयोग गरेका हुन।

ती प्राप्त भएका ४ स्वयंसेवक टोली बनाएर अत्तरिया र धनगढी नगरका वडाहरुमा वितरण गरिने संयोजक यादव जोशीले बताए। यसअघी पश्चिम सेती निर्माणका लागि बोलन्या थलीले विभिन्न दवावमुलक कार्यक्रम गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस