सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक जना मृत फेला

२०७६ चैत्र ८, १२:४४ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकामा एक जना मृत फेला परेका छन्। आज विहान सवा ११ बजे धनगढी उप–महानगरपालिका वडा नम्वर १८ स्थित लालीगुरास र पशुपति सामुदायिक बनको सीमानामा एक जना मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतकको सनाखत हुन सकेको छैन्।

झण्डै ४५ बर्षीय पुरुषको शव फेला परेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘टाउँको, आखा र शरिरमा भएको भाग किराले खाएको अवस्थामा शव फेला परेको छ। घटनास्थलमा बहुलिया प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको टोली पठाईएको छ।’

कमेन्ट लोड गर्नुस