धनगढीका व्यवसायीद्धय शाही र ओझाले गरे बोलन्या थलीलाई सहयोग
बोलन्या थलीलाई धनगढीका व्यवसायी रमेश शाही र महेश्वर ओझाले सहयोग गरेका छन्। पश्चिम सेतीका लागि १ लाख पत्र अभियानमा समर मेडिकलका संञ्चालक रमेश शाहीले १५ हजार र युवा व्यवसयी महेश्वर ओझाले १० हजार बराबरको पत्र छपाईका लागी आर्थीक सहयोग गरेका हुन्।
प्रधानमन्त्रीलाई दबाब पत्र छपाईमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। यसअघी समेत पश्चिम सेती निर्माणका लागि विभिन्न दवाव मुलक कार्यक्रम गरिएको उनले बताए।