सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्वारेन्टाईन स्थापनाका लागि ईन्स्टिच्यूट उपलब्ध गराउने घोषणा

२०७६ चैत्र ७, ०७:३२ खबर संवाददाता

धनगढी : धनगढीको बी पोलिटेक्निक ईन्स्टिच्यूट क्वारेन्टाईन स्थापनाका लागि निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरिएको छ। ईन्स्टिच्यूटकी सञ्चालक हिरा भण्डारीले विश्वमा कोरोना भाईरसको संक्रमण फैलिदै गएका बेला नेपाल पनि जोखिममा रहेकाले क्वारेन्टाईनका लागि आवश्यक भए बी पोलिटेक्निक ईन्स्टिच्यूट निशुल्क रुपमा उपलव्ध गराउने घोषणा गरेकी हुन्।

सञ्चालक भण्डारीले भनिन्, ‘हाल सञ्चालनमा रहेको व्यवसाय बन्द गरी ईन्स्टिच्यूटमा क्वारेन्टाईन सञ्चालनका लागि सरकारलाई निुशल्क रुपमा प्रदान गर्न तयार छु। सरकारलाई आवश्यक परे म  ईन्स्टिच्यूट उपलब्ध गराउन तयार छु।’
 

कमेन्ट लोड गर्नुस