सुदूर नेपाललाई विश्वसँग जोड्दै

नीजि क्षेत्रको सहयोगमा धनगढीका विभिन्न स्थानमा हात धुने व्यवस्था

२०७६ चैत्र ७, ०६:५९ खबर संवाददाता

धनगढी : धनगढीका विभिन्न स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाईएको छ। उप–महानगरपालिकामा रहेका विभिन्न संघ सस्थाले उक्त व्यवस्था मिलाएका हुन्। सुदूरपश्चिम यातायातका उपाध्यक्ष नरेशबहादुर थापाको सहयोगमा बसपार्कमा साबुन पानीको ब्यबस्था गरिएको छ।

यस्तै धनगढीको मुख्य बजारमा कैलाली अस्पतालले पनि साबुन पानीले हात धुने व्यवस्था मिलाएको सञ्चालक जनकराज जोशीले बताए। निर्माण ब्यावसायी संघ कैलालीले आफ्नो कार्यालय अगाडीको सडक चौकमा एक हजार लिटरको पानी ट्यांकी र साबुन पानीको ब्यबस्था गरेको छ।

 

कमेन्ट लोड गर्नुस