सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टि फाउण्डेसनलाई स्कुटर खरिदका लागि ८ व्यवसायीद्धारा १९ हजार सहयोग

२०७६ चैत्र ७, ०६:०२ खबर संवाददाता

धनगढीको दृष्टि फाउण्डेसनलाई नयाँ स्कुटर खरिदका लागि आठजना व्यवसायीले  १९ हजार सहयोग गरेका छन्। बुधबार राती अज्ञात समूहले आगजनी गरेपछि नयाँ खरिद गर्न कैलाली उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष गगनराज केसीले फाउन्डेसनमै पुगेर ५ हजार, सदस्य रवि कुँवरले ३ हजार, कोषाध्यक्ष भीष्मराज ओझाले एक हजार सहयोग गरेका हुन्।

यस्तै धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष तिलकचन्द्र खतिवडा, श्यामकृष्ण खतिवडा, यमनाथ सिग्देल, हेमन्त लामिछाने र गोप मिश्रले पनि दुई दुई हजार गरी आठ व्यवसायीले १९ हजार सहयोग गरेका हुन्।

 

फाउण्डेसनमा आश्रीत असहाय तथा मनोरोगीहरुका लागि आवश्यक पर्ने खाद्यान्न लगायतका समाग्रीको व्यवस्थापन गर्न प्रयोग गरिदै आएको स्कुटरमाथि आगजनी भएपछि कैलाली उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले बुधबार बिहान फाउण्डेसनमै पुगेर १५ हजार सहयोग हस्तान्तरण गर्दै सबैलाई सहयोगका लागि अपिल समेत गरेका थिए। फाउण्डेसनलाई धनगढीको दारी ग्याङले पनि पाँच हजार सहयोग गरेको थियो। 

 

कमेन्ट लोड गर्नुस