सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका दुबै जनाको मृत्यु

२०७६ चैत्र ७, ०५:१४ खबर संवाददाता

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भिर घाईते भएका दुवै जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका दुवै जनाएको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का २६ बर्षीय श्याम कुमार कुँवर र मोटरसाईकलमै सवार अन्य एक जनाको मृत्यु भएको दिनेश खवरलाई बताए।

उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो। मोटरसाईकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस