Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

मूलघर सुदूरपश्चिमः पहिलो रक गायिकादेखि सेनाकी मेजर डाक्टरसम्मको यात्रा

२०७६ चैत्र ५, ०३:२०
अ+

‘अजिब दास्तां हे ये
कहाँ सुरु कहाँ खतम
ये मञ्जिलें हे कौन सी
न वो समझ सके ना हम’

आमा किशोरी सिंहले गाएका यस्तै हिन्दी गीतहरु सुनेर हुर्किएकी हुन् उनी। आमा को हुन् ? आमा मिहिनेत र सीपका खानी हुन्। आमा प्रेम र सौन्दर्यकी मुहान हुन्। आमा दया र क्षमाशीलताका फोहोरा हुन्।  आमा सन्तानको पहिलो प्रेम हुन्। आमा पहिलो शिक्षिका पनि हुन्।

तिनै आमालाई पछ्याउँदै उनले पनि गीत गाउन सिकिन्। आमाको स्वर असाध्यै मीठो, सुनिरहूँ लाग्ने। उनकी आमाले सङ्गीत क्षेत्रमा केही गर्ने मौका पाइनन्, त्यो छुट्टै कुरा हो तर त्यही गुण उनले जन्मजात आमाबाट पाइन् । त्यसैले त गीत सुन्नेबित्तिकै दिमागमा बसिहाल्थ्यो। सुत्ने बेला कुनै गीत सुने बिहान उठ्दा कण्ठस्तै हुन्थे।

विद्यालयबाट सुरु भएको उनको सङ्गीत यात्राले उनलाई नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सघाएको छ– नेपालको पहिलो महिला रक गायिकाको रूपमा। उनी नेपाली ‘म्युजिक सीन’मा तत्कालका लागि सक्रिय छैनन् तर इतिहास कसैगरी बदल्न सकिन्न। हो, उनले इतिहास रचेकी छिन्। पहिलो महिला रक गायिकाको ताज उनीबाट कसैले खोस्न सक्दैन।

तर अहिले उनको पहिचान फेरिएको छ। कुनै बेला कपाल छोडेर ‘हेड ब्याङ्ग’ गर्दै स्टेजमा प्रस्तुति दिने उनी अहिले बिरामीको ‘भगवान’ बनेकी छिन्। भविष्यमा डाक्टर बन्ने इच्छा राख्नेहरुका लागि एनाटोमीकी प्राध्यापक भएकी छिन्

सन् २००७ मा नेपाली सेनामा आबद्ध भएकी अहिले उनको पहिचान हो, प्रा. सेनानी डाक्टर पुनम सिंह। सरल भाषामा भन्ने हो भने उनी नेपाली सेनाकी मेजर डाक्टर तथा सहप्राध्यापक हुन्। सायद उनलाई थाहा थिएन, सानो हुँदा आमाले धेरैजसो गाइरहने ‘अजिब दासतां...’ बोलको गीत भविष्यमा आफ्नै  जीवनसँग मेल खानेछ।

भाइले पिट्दा समेत थापेर बस्ने बानीः

२०३८ साल असोज २ गते। घरकी जेठी छोरीको रूपमा पुनमको जन्म भयो। मूल घर सुदूरपश्चिमकाे भए पनि उनका आमाबुवा पछि हेटौँडा बस्न थाले। हेटौँडा बस्ने भएपछि आमा किनमेलका लागि रक्सोल जाने गर्थिन् । ९ महिनाको गर्भवती हुँदासमेत रक्सोल गएका बेला उनकी आमालाई प्रसव पीडा भयो । तसर्थ वीरगञ्जको अस्पतालमा पुनमको जन्म भएको हो। उनको जन्म खास रह्यो। नवजात शिशुलाई पुरानै टालाटुलीमा बेरबार पारिदिने नेपाली चलन उनीमा लागू भएन। आमाहरु सपिङ जो गएका थिए, नयाँ सामान, नयाँ लुगा, उनलाई नयाँ कपडामा नै गुटुमुटु पारियो।

‘म सन् १९९७–९८ देखि नै विभिन्न कन्सर्टहरुमा प्रस्तुति दिन थालिसकेकी थिएँ। मोर्डन इन्डियन स्कुलमा पढ्दा मेरी आस्मा बज्राचार्य नामकी साथी थिइन्। उसैमार्फत् मैले कबवेब ब्यान्डका ड्रमर सिद्धार्थ धाक्वालाई भेटेँ। सिद्धार्थले दिवेस मुल्मीसँग भेट गराइदिनुभयो।’

उनी सरल छिन्। लजालु पनि। हाँसेर बोल्ने मृदुभाषी। यो स्वभाव उनको बाल्यकालदेखिकै हो। बाल्यकालमा असाध्यै ज्ञानी पनि थिइन् रे। यतिसम्म ज्ञानी कि भाइले पिट्दासमेत चुप लागेर थापेर बसिरहन्थिन्। ‘म अहिले पनि कम नै बोल्छु है ड्याडी,’ सँगै बसेका ससुरा दामोदर फुयाँललाई हेरेर उनले प्रश्न गरिन्। ससुराले जवाफ फर्काइहाले, ‘धेरै बोल्ने फुर्सद पनि कहाँ छ र ?’

तर कम बोले पनि उनी मौन भने छैनन्। आवश्यक पर्दा अवस्था हेरेर बोल्न उनलाई राम्रोसँग आउँछ, त्यसमा उनी रत्तिभर पनि हिच्किचाउँदिनन्।

सङ्गीतप्रतिको आकर्षणः

हुन त सङ्गीतप्रतिको मोह उनले आमाको गर्भबाटै पाएको एउटा अनुपम उपहार हो। उनी यो कुरा आफ्ना ९ र ३ वर्षका छोरीहरु नाभिया र नायरालाई पनि बताउँछिन्। यता नभिया र नायरामा पनि आमाको यो गुण सरेको छ।  दुवै गाउँछन्। जेठी छोरी नाभिया केही समयअघि आयोजित लिटल प्राइड अफ नेपालमा तेस्रो भइन्। तोते बोलीमा कान्छी छोरीले गीत गाएको सुन्दा पुनमलाई अचम्मै लाग्छ। ‘मैले केही सिकाएकै छैन तर उनीहरु आफैँ गाउँछन्, अचम्मै लाग्छ भन्या,’ उनी दङ्ग परेर सुनाउँछिन्।   

उनको माइतीमा पनि बहिनी प्रेक्षा सिंह र भाइ प्रितम सिंह दुवै गाउँछन्। उनकी बहिनी अमेरिकामा छिन् तर पनि सङ्गीतप्रतिको झुकाव रत्तिभर पनि कमी भएको छैन। नेपालमा १७ –१८ घण्टा लोडसेडिङ हुने बेला, उनको पूरा परिवार (सिभिल इन्जिनियर बुवा पूर्णबहादुर सिंहबाहेक) सँगै बसेर गीत गाउने र रमाइलो गर्ने गर्थे।

उनी आफू पढ्ने लिटिल एन्जल्स स्कुलमा आयोजित हरेक ‘ट्यालेन्ट सो’मा भाग लिन्थिन्। तेस्रो, दोस्रो हुँदै पहिलो स्थानमा आउन थालिन्। अन्तर विद्यालय प्रतिस्पर्धा हुँदा उनका ब्यान्ड प्रथम हुन थाल्यो । कक्षा ६–७ मा हुँदा नै उनी क्विन, सेरिल क्रो, लेड जेप्लिन, ब्रायन एड्याम्स लगायतका थुप्रै पश्चिमा कलाकारलाई सुन्थिन्।  प्लस टु मोर्डन इन्डियन स्कुलमा पढ्दै गर्दा उनी सङ्गीतमा पूर्ण रूपमा भिजिसकेकी थिइन्। जोश जाँगर उत्कर्षमा थियो, सङ्गीतमा केही नयाँ गर्ने उत्कट चाहना जागिसकेको थियो।

त्यसपछि जुर्‍यो कबवेबसँगको सहकार्यः

प्लस टु पढ्दै गर्दा नै उनले पहिलो एल्बम निकालेकी हुन् । सन् २००० जनवरी ८ मा ‘फेथलेस’ नामको एल्बम सार्वजनिक गरिन् । उनले उक्त एल्बम कबवेब ब्यान्डसँगको सहकार्यमा निकालेकी हुन्। कब वेबसँग कसरी जोडिनुभयो ? विगत कोट्याउँदै सोधिएको मेरो प्रश्नमा उनले भनिन्, ‘म सन् १९९७–९८ देखि नै विभिन्न कन्सर्टहरुमा प्रस्तुति दिन थालिसकेकी थिएँ। मोर्डन इन्डियन स्कुलमा पढ्दा मेरी आस्मा बज्राचार्य नामकी साथी थिइन् । उसैमार्फत् मैले कबवेब ब्यान्डका ड्रमर सिद्धार्थ धाक्वालाई भेटेँ। सिद्धार्थले दिवेस मुल्मीसँग भेट गराइदिनुभयो।’

उनीहरुबीच भेटघाट तथा कुराकानी भयो। दिवेसलाई पुनमले रक सङ्गीतप्रतिको आफ्नो झुकाव र यसैमा केही नयाँ गर्ने सोचबारे जानकारी दिइन्। दिवेसले पनि पुनमको स्वर ‘हस्की’ भएको बताउँदै यो रक सङ्गीतका लागि ठ्याक्कै मेल खाने बताए। ‘केही नयाँ गरौँ भन्ने कोसिसमा थिएँ त्यसमाथि दिवेस दाइलाई भेटेपछि भोकल तिमीलाई सुट हुन्छ भन्नुभयो र यसरी नै सहकार्य सुरु भयो,’ पुनमले विगत स्मरण गर्दै भनिन्।

त्यसपछि उनीहरुले एल्बम नै रेकर्ड गरेर अघि बढ्ने निर्क्यौल गरे। रेकर्डिङ गरियो सान्तना रेकर्डस्मा। एल्बम सार्वजनिक भएपछि निकै राम्रो प्रतिक्रिया पायो। त्यतिबेला नेपाली गायिकाको क्यासेट खासै बिक्री हुँदैनथ्यो। त्यसमाथि पनि रक गीत । तर उनले वर्षौं अघिदेखिको त्यो परम्परा तोडेकी थिइन्।

यत्तिका सफलता पाइएला भनेर पुनम आफैँले पनि कल्पना गरेकी थिइनन्। पहिलो एल्बमको व्यापक सफलतापछि नै दोस्रो एल्बम निकाल्न उनलाई बल मिल्यो । सन् २००१–०२ तिर उनले दोस्रो एल्बम ‘एक्सपिरियन्स’ निकालिन्। त्यतिबेला उनी चीनमा एमबीबीएस गरिरहेकी थिइन्।

दुईवटा एल्बममा कबवेबसँगको सहकार्य गरेकी उनलाई धेरैले कबवेब ब्यान्डकै सदस्य ठान्छन् तर उनी वास्वतमा ‘सोलो सिङ्गर’ थिइन्। उनलाई एल्बम निकाल्न कबवेबका साथै रवीन तामाङ, दीपक बज्राचार्य लगायतले पनि सहयोग गरे।

आफन्तले भने, ‘झ्याप्ले केटाहरुसँग हिँड्छे, ड्रग्स त खादिनँ ?’

२१ वर्षअघि रक सङ्गीतमा लाग्न कत्तिको सहज थियो ? मैले मनको खसखस मुखले पोखेँ । जवाफमा उनले भनिन्, ‘त्यतिबेला कन्सर्टहरु भइरहन्थे, राति सधैँ अभ्यासका लागि जानुपथ्र्यो। कबवेब दाइहरुकोमा नै जान्थेँ। भाइ प्रितम सिंहलाई लिएर जान्थेँ। कहिलेकाहीँ मम्मीहरु पनि आउनुहुन्थ्यो।’

त्यो समय स्मरण गर्दै उनले भनिन्, ‘रक गायिकाको इमेज अलि अर्कै थियो नि त। टाउको हल्लाउने, रफ एन्ड टफ हुने। छिमेकीले ‘हेर, फलानाकी छोरी त यसरी गीत गाएर, झ्याप्ले केटाहरुसँग बस्छे’ भन्थे। आफन्तले मेरो अभिभावकको मुखैमा भन्थे, ‘तपाईंकी छोरी त बिग्रिई, ड्रग्स खाएर हिँडे जस्ती छ, हेर्दा नै त्यस्तै देखिन्छ।’

तर विश्वास मनै हर्ने एउटा गुण हो, जसको आधारशीलामा यो जीवनचक्र चलिरहेको छ। हो, उनका आमाबुवालाई छोरीप्रति पूर्ण विश्वास थियो। तसर्थ यस्ता कुराले उनीहरुको छोरीप्रतिको विश्वास डगमगाउन सकेन । तर यो कुरा साँचो हो, पुनमले पनि आफ्ना आमाबुवालाई विश्वासका लागि पर्याप्त कारण दिएकी थिइन्।

साथै उनकी आमाले छोरीमार्फत् आफ्नो इच्छा पूर्ति गर्न चाहेकी थिइन्, सायद।

प्रशंसकहरु अटोग्राफ पनि लिन आउनुहुन्थ्यो होला है ? उतिबेलाको सेलिब्रिटी चार्म बुझ्न मैले प्रश्न गरेँ । जवाफमा उनले भनिन्, ‘हो, अटोग्राफ लिन आउनुहुन्थ्यो । पहिला मेल पठाउने चलन थिएन, फेसबुकको पनि जमाना थिएन।  चिट्ठीहरु धेरै आउँथे । यस्ता कुरा मैले सुनेकी मात्रै थिएँ तर रगतले लेखेको चिट्ठी पनि आए।’

आत्मसन्तुष्टिका लागि सङ्गीतः

सङ्गीतमा लाग्दा आफूले खासै ठूलो समस्याको सामना गर्नु नपरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘भाग्य नै भनौँ, मैले खासै त्यस्ता समस्याको सामना नै गर्नुपरेन। साङ्गीतिक क्षेत्रमा सबै कुरा राम्ररी अघि बढ्यो, अझ भनौँ आफूले सोचेभन्दा बढी । त्यतिबेलाको युवापुस्ताले पनि एकदमै रुचाउनुभयो।’

तर उनले सङ्गीतलाई करियर नै बनाउँछु भनेर कहिल्यै सोचिनन्। सङ्गीतमा लाग्नु उनको भित्री इच्छा थियो, इच्छापूर्तिको मार्गमा उनी अघि बढिरहिन्। उनले आत्म सन्तुष्टिका लागि गीत गाइन् । तर सङ्गीतमै लागेर जीविकोपार्जन गर्छु भन्ने आँट उनले गर्नै सकिनन्। सोचुन् पनि कसरी ? दुई दशकअघि सङ्गीतकर्म मार्फत् पेट पाल्छु भन्नु ‘आकाशको फल, आँखातरी मर्’ सरह थियो। किनभने सङ्गीतकर्मले दैनिक आवश्यकता पूरा गर्न नसकेपछि धेरै क्षमतावान् कलाकार विदेश भासिनु परेको छ। आफ्ना इच्छा, आकाङ्क्षालाई तिलाञ्जलि दिएर। 

परीक्षा थियो बायोलोजीको, केमेस्ट्री पढेर गएछुः

प्लस टु पढ्दा ताका आफू सङ्गीतमा अत्यधिक डुबेको उनी बताउँछिन्। त्यतिबेलाको रमाइलो घटना स्मरण गर्दै उनी भन्छिन्, ‘यो कुरा मैले कसैलाई पनि भनेकी छैन। १२ को बोर्ड परीक्षा थियो। सेन्टर केन्द्रीय विद्यालयमा थियो। म सङ्गीतमा कति डुबेकी रहेछु भनेर अहिले सम्झँदा अचम्म लाग्छ।’

‘बायोलोजीको परीक्षा रहेछ, म केमेस्ट्री पढेर गएछु। त्यहाँ जाँदा सबैको हातमा बायोलोजी बुक, बायोलोजीको नोट्स, यस्तो डरलाग्यो कि त्यहाँबाट भागिदिएँ। कमर्स पढ्ने साथीको घरमा गएँ, अब घरै जान्न भनेर सोचेकी थिएँ,’ उनले हाँसोको फोहोरासहित भनिन्। 

बेलुका साथीको घरबाट उनको घरमा फोन गएछ, त्यसपछि उनी बेलुकी घर फर्किइन्। उनले एकछिन आमाबुवाको गाली पनि खाइन् तर पछि सम्झाएपछि कुरा मिल्यो। आखिर आमा–बुवाको मन न हो, सन्तान सधैँ राम्रो पथमा हिँडिदिए हुन्थ्यो भन्ने भित्री लोभ हुन्छ। 

उनी एमबीबीएस गर्दै गर्दा पनि विभिन्न कन्सर्टहरुमा जान्थिन्। त्यतिबेलै हङ्कङ गइन्, नेपालका विभिन्न स्थानमा पनि प्रस्तुति दिइन्। उनले एमबीबीएस पनि गरिन् र एमडी पनि पास गरिन्। त्यसैले सङ्गीतमा लाग्दा उनलाई केही हानि भएजस्तो लाग्दैन ।

‘सन् १९९९/२००० ताका  शिखर बिट कन्सर्ट नेपालभरी नै आयोजना भएको थियो। त्यसमा मेरो पनि प्रस्तुति थियो। अन्तिम कार्यक्रम बुटवलमा थियो। बुटवलमा चाहिँ पहिले नै अरू गायकहरुले गाउँदा अलिअलि ढुङ्गा हान्ने काम भइरहेको रहेछ । मेरो दुर्भाग्य भनौँ, मेरै पालोमा ढुङ्गा मेरो निधारमा लाग्यो।’

रगतले लेखेको चिट्ठीः

सङ्गीतमा लाग्दाको समय उनलाई जीवनकै अविष्मरणीय पलमध्येको एक लाग्छ । त्यतिबेलाको समयलाई उनी असाध्यै मिस पनि गर्छिन्। ‘त्योे समय सोच्दा रमाइलो लाग्छ, आनन्द पनि आउँछ। हो, स्थिति अहिले फेरिएको छ। अहिले आफ्नो जीवन अन्तै मोडिएको छ । त्यतिबेला अविवाहित, फ्री, निर्धक्कसँग जे पनि गरिन्थ्यो,’ उनले आफ्नो समय याद गरिन्।

‘तर मिस गरिन्छ भनेर दुःखी भएर बस्नुपर्ने कुरा पनि छैन। जीवन अघि बढिरहन्छ। अहिले मेरो प्राथमिकता भनेको मेरा बच्चाहरु हुन्। सही समय आएपछि फेरि गरौँला,’ उनले कुरालाई यसरी अर्थ्याइन्।

डाक्टर बन्ने सोच उनको पहिलेदेखि नै थियो । उनले एउटा पुरानो अन्तरवार्तामा पनि भनेकी थिइन्, ‘म डेन्टिस्ट तथा रक स्टार दुवै बन्छु ।’ तर भाग्यको खेल, उनको जीवन अन्तै मोडियो । उनले भनिन्, ‘डेन्टिस्ट बन्ने सोच पनि थियो तर आमा–बुवाको इच्छाका कारण एमबीबीएस नै गरेँ। रक म्युजिकप्रति आफ्नो लगाव छँदै छ। मेरो समय आएपछि म यो सङ्गीतमा केही त गर्छु नै । अहिले मेडिकल डाक्टर छु, त्यसमा खुसी छु ।’

उनका श्रीमान् नेपाली सेनाका चिकित्सक टोलीका प्रमुख मेजर डाक्टर नवीन फुँयाल हुन्। नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन र फैलिए राष्ट्रिय स्तरमा के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेका छन्।  उनी आजकाल डाक्टर श्रीमान्लाई बारम्बार भनिरहन्छिन्, ‘अब चाहिँ सङ्गीतमा केही गर्छु।’ यसमा श्रीमान्को पनि पूर्ण समर्थन छ। ‘गर न, अल्छी भएर नबस’ डा. फुँयालले बारम्बार दोहोर्याउने शब्द यही हो।

प्रशंसकहरु अटोग्राफ पनि लिन आउनुहुन्थ्यो होला है ? उतिबेलाको सेलिब्रिटी चार्म बुझ्न मैले प्रश्न गरेँ। जवाफमा उनले भनिन्, ‘हो, अटोग्राफ लिन आउनुहुन्थ्यो। पहिला मेल पठाउने चलन थिएन, फेसबुकको पनि जमाना थिएन।  चिट्ठीहरु धेरै आउँथे। यस्ता कुरा मैले सुनेकी मात्रै थिएँ तर रगतले लेखेको चिट्ठी पनि आए।’

बुटवल कन्सर्टमा दुर्व्यवहारः

बुटवलमा कन्सर्ट हुँदा उनीमाथि दुर्व्यवहार भएको सुनेकी थिएँ। के भएको थियो, खासै जानकारी थिएन। सोधिहालेँ, खासमा के भएको थियो ? जवाफमा उनले भनिन्, ‘सन् १९९९/२००० ताका  शिखर बिट कन्सर्ट नेपालभरी नै आयोजना भएको थियो। त्यसमा मेरो पनि प्रस्तुति थियो। अन्तिम कार्यक्रम बुटवलमा थियो। बुटवलमा चाहिँ पहिले नै अरू गायकहरुले गाउँदा अलिअलि ढुङ्गा हान्ने काम भइरहेको रहेछ। मेरो दुर्भाग्य भनौँ, मेरै पालोमा ढुङ्गा मेरो निधारमा लाग्यो।’

सुरुमा त उनी के भयो, ढुङ्गा कहाँबाट आयो भनेर उनी अलमल्ल परिन्। तर निधारबाट रगत बग्न थालेपछि  कार्यक्रम स्थगित गरेर उनलाई अस्पताल पुर्‍याइयो।

यस्तै नमीठा अनुभवका कारण कतै सङ्गीतप्रति वितृष्णा जागेको त होइन? मेरो प्रश्न सुन्नेबित्तिकै हतार–हतार उनले भनिन्, ‘होइन, होइन। विदेशमा पनि कन्सर्टहरु हेर्दा त्यस्ता घटनाहरु कति भइरहेको देखेका छौँ, सुनेका पनि छौँ। यस्ता कुरालाई म सामान्य नै मान्छु। यही कारणले सङ्गीतमा वितृष्णा भने भएको होइन।’

सङ्गीतमा पुनः लागौँ कि भन्ने सोचः

नेपालको पहिलो महिला रक गायकको टाइटल होल्ड गर्दा आफूलाई गर्व लाग्ने पुनम बताउँछिन् । उनको एउटा मनले कहिलेकाहीँ सङ्गीतमा पुनः लागौँ कि भन्छ तर अर्को मनले यो पनि त ठीकै छ नि भन्छ। कहिलेकाहीँ अन्तरद्वन्द्व महसुस गर्छिन् । तर सङ्गीतलाई पूर्ण रूपमा छोडेँ भनेर उनलाई पछुतो भने लाग्दैन। याद भने पक्कै आउँछ, आफ्ना पुराना गीत सुन्दा ‘अहिले मैले गरेको भए यसरी गर्थेँ’ भन्ने लाग्छ उनलाई।    

उनका श्रीमान् नेपाली सेनाका चिकित्सक टोलीका प्रमुख मेजर डाक्टर नवीन फुँयाल हुन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन र फैलिए राष्ट्रिय स्तरमा के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेका छन् ।  उनी आजकाल डाक्टर श्रीमान्लाई बारम्बार भनिरहन्छिन्, ‘अब चाहिँ सङ्गीतमा केही गर्छु।’ यसमा श्रीमान्को पनि पूर्ण समर्थन छ। ‘गर न, अल्छी भएर नबस’ डा. फुँयालले बारम्बार दोहोर्याउने शब्द यही हो।

मेडिकल डाक्टर भएपछि जीवन एक किसिमले असाध्यै व्यस्त भएको थियो। नेपलीज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स बन्ने तयारीमा थियो। त्यसका लागि विज्ञानको प्राध्यापक चाहिन्थ्यो । नेपाली सेनाबाट कोही पनि थिएनन् । उनी त्यतातिर आकर्षित भइन्। आकर्षित हुने एउटै कारण थियो, पढाउने भएपछि घरपरिवारलाई समय दिन पाइन्छ, बच्चाहरुसँग बस्न र खेल्न पाइन्छ । त्यसपछि उनी एनाटोमीमा गइन्।

यसका लागि सही समय नआइरहेको हो कि जस्तो भान हुन्छ उनलाई। अब त गर्छु भन्छिन् तर के कुराले अल्झाइहाल्छ। ‘अब मैले चाहिँ सोलो नभई एउटा ब्यान्डसँगै आउँ कि भनेर सोचिरहेकी छु,’ उनले भनिन्।

उनले १०–१२ वर्षअघि नै तेस्रो एल्बमका लागि गीतहरु रेकर्ड गरिसकेको बताइन्। तर तेस्रो एल्बम सार्वजनिक गर्ने मौका भने जुरेन। सही समयको पर्खाइमा छु, जब आउँछ तब ती गीतमा केही परिवर्तन गरेर सार्वजनिक गर्ने योजनामा छु,’ सङ्गीतमा भविष्यका योजनालाई उनले यसरी सुनाइन्।  

डाक्टरको यात्राः

अहिलेको यो यात्रा कसरी सुरु भयो ? उनको जीवनको अर्को पाटोको दैलो उघार्न मैले प्रश्न गरेँ। प्रश्नको जवाफमा उनले भनिन्, ‘आमा बुवाको सपना नै थियो, मलाई आर्मीमा राख्ने। धुलिखेल हस्पिटलमा काम गर्नेबेला हामी साथीहरुको एक समूहले नेपाली सेनामा निवेदन दिएका थियौँ। तीमध्ये २, ३ जनाको नाम निस्कियो।

त्यसपछि म सन् २००७ मा नेपाली सेनामा आबद्ध भएँ। सुरुमा मेडिकल अफिसरका रूपमा काम गरेँ। सेनामा जागिर खाएपछि विभिन्न देशमा जानुपर्छ। फिल्ड एम्बुलेन्स भनेर डाक्टरले नै कमान्ड गर्छन् । गुल्महरु हुन्छन्, त्यहाँ पनि बसियो, मिसनहरुमा जानुपर्छ, गइयो।’

मेडिकल डाक्टर भएपछि जीवन एक किसिमले असाध्यै व्यस्त भएको थियो । नेपलीज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स बन्ने तयारीमा थियो। त्यसका लागि विज्ञानको प्राध्यापक चाहिन्थ्यो । नेपाली सेनाबाट कोही पनि थिएनन्। उनी त्यतातिर आकर्षित भइन्। आकर्षित हुने एउटै कारण थियो, पढाउने भएपछि घरपरिवारलाई समय दिन पाइन्छ, बच्चाहरुसँग बस्न र खेल्न पाइन्छ। त्यसपछि उनी एनाटोमीमा गइन्।

एनाटोमी गरेका कारण उनी आफ्नो समय धेरैजसो कलेजमा पढाएर बिताउँछिन्। उनी पहिलो र दोस्रो वर्षका एमबीबीएसका विद्यार्थीलाई पढाउँछिन्। उनलाई पढाउने विद्यार्थीहरुले उनलाई रक गायिका भनेर चिन्छन्। पढाउँदै गर्दा गीत गाइदिन आग्रह पनि गर्छन्। उनलाई कार्यक्षेत्रमा पनि धेरैले चिन्छन्। कतिले पुनः सङ्गीतमा आउनुपर्‍यो भनेर प्रेरित पनि गरिरहेका हुन्छन्।

आर्मीको कडा नियममा बाँधिनुपर्दा अप्ठ्यारो भएनः

नेपाली सेनामा आबद्ध भएपछि आफूले कहिले पनि अप्ठ्यारोको सामना गर्नु नपरेको उनले बताइन्। उनलाई नेपाली सेना भएपछिको जीवनमा खासै भिन्नता पनि लागेन । यसबारे उनी भन्छिन्, ‘रक गायिकाको इमेज भए पनि म त्यस्तो ग्रन्ज लगाउने, ड्याङ ड्याङ डुङ्डुङ गर्दै हिँड्ने खालको कहिले पनि थिइनँ, स्टेजमा चाहिँ हो, त्यो कहाँबाट आउँदो रहेछ । तर म सधैँ साधारण भएर नै हिँड्थेँ।

मान्छेले हेर्दा सोझो र अनुशासित खालकै थिएँ। आमाबुवाले स्वतन्त्रता दिनुभएको त थियो तर दायाँबायाँ केही नगरी आफ्नै बाटोमा हिँडिरहेकी थिएँ । किनभने म होस्टेलमा बसेको मान्छे, होस्टेलमा पनि आफ्नो छुट्टै नियम, अनुशासनको कुरा हुन्छ । त्यसैले नेपाली सेनामा आबद्ध भएपछि त्यति गाह्रो भने भएन।’

सङ्गीत अब करियर बन्न सक्छः

उनी सङ्गीत क्षेत्रमा सक्रिय छैनन् तसर्थ नेपाली म्युजिक सिनलाई नजिकबाट नभएपछि टाढैबाट नियाल्छिन्। अहिलेको समयलाई उनले पहिलेसँग तुलना गर्दै भन्छिन्, ‘पहिला हाम्रो समयमा दुई तीनवटा च्यानल मात्रै थिए तर अहिले त मानिसहरुले आफ्नै युट्युब च्यानल बनाएर थुप्रै मानिसमाझ पुग्न सक्छन्। अहिले विभिन्न रियालिटी सो पनि छन् नि। यसमार्फत् कति राम्रा गायकहरु आइरहनुभएको छ।’

अब सङ्गीतलाई उनी करियरका रूपमा पनि आत्मसाथ गर्न सकिने बताउँछिन्। ‘तर त्यो बेला थिएन । ४–५ जनाले सक्नुहुन्थ्यो होला तर धेरैका लागि गाह्रो थियो। त्यतिबेला पेट पाल्ने स्थिति नै थिएन। त्यसैले मैले सङ्गीतलाई चाहिँ करियर बनाउँदिन भनेर नै सोचिसकेकी थिएँ। त्यही भएर मेडिकल फिल्डप्रति नै आकर्षित भएँ।’

कता हराएँ भनेर सोच्नुहोला, म आफ्नो मेडिकल फिल्डमा व्यस्त छुः

नोबल कोरोनाभइरसको  त्रास संसारभरि फैलिरहेका बेला उनले आफ्ना प्रशंसकलाई सावधानी अपनाउन र धेरैभन्दा धेरै हात धुन सल्लाह दिएकी छिन्। ‘जसलाई रुघा–खोकी लागेको छ, उहाँहरुले अनिवार्य मास्क लगाउनुहोला। दिनमा नियमितरुपमा हात धोइराख्नुहोस्।’ 

साथै उनले अहिलेसम्म उनलाई माया गर्ने, आफ्नो गीत मन पराइदिने दर्शक, श्रोतालाई आफू कतै नहराएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘म कता हराएँ भनेर सोच्नुभएको होला, म आफ्नो मेडिकल फिल्डमा नै व्यस्त छु।’

आफ्ना दर्शकका लागि एल्बम सार्वजनिक गर्ने योजनामा भएको उनले बताइन्। तर त्यो दिन कहिले आउँछ, त्यो समयको गर्भमै लुकेको छ।

कुरालाई बिट मार्नुअघि उनले आफ्नो पुरानो तथा निकै चर्चित गीत ‘भनुँ के म तिमीलाई’ बोलको गीत गाइन्। गाउँदै गर्दा मन हर्ने स्वरको तरेलीसँगै उनका आँखाका परेली नाचिरहेका थिए। -यो समाचार सरिता कार्कीले रातोपाटीमा लेखेकी छन्। 

Skip Ad