सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका किसानलाई बोरिङ वितरण

२०७६ चैत्र ४, ०६:५३ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिका वडा नं १७ का किसानहरुलाई मंगलबार सिंचाई बोर र ईन्जिन हस्तान्तरण गरिएको छ। धनगढीका नगरप्रमुख नृपबहादुर वड र वडा नं १७ का अध्यक्ष माधव राज रानाले किसानहरुलाई सिंचाई बोर र ईन्जिन हस्तान्तरण गरे।

नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उप–महानगरपालिकाले किसानहरुलाई सिंचाई, कृषी उपकरण, विउ विजनमा सहयोग गर्दै आईरहेको छ, नगरप्रमुख वडले भने, काम गर्न चाहनेका लागि अवसर नै अवसर रहेको छ।

धनगढी उप–महानगरपालिका १७ का अध्यक्ष रानाका अनुसार किसानहरुलाई सिंचाई उपकरण खरिद गर्नका लागि वडाबाट १२ लाख रुपैयाँ बिनियोजन गरिएको थियो। सोही रकमबाट ९ वटा सिंचाई बोर र ८ वटा ईन्जिन खरिद गरी हस्तान्तरण गरिएको वडा अध्यक्ष रानाले बताए।

कमेन्ट लोड गर्नुस