महेन्द्रनगरमा हिड्दा हिड्दै एक जनाको मृत्यु
धनगढी : महेन्द्रनगर बसपार्क नजिक एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपिरक्षक रविन्द्र पौडेलले बझाङ छान्ना घर घई हाल कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्वर २ बस्दै आएका ५७ बर्षिय भजन रावलको मृत्यु भएको जानकारी दिए।
‘मंगलबार मध्यान्न १२ बजेको समयमा बसपार्क पछाडी रहेको बालमन्दीर नजिकैको गल्लीमा उनको मृत्यु भएको हो। प्रत्येक्षदर्शीले उनी हिड्दा हिड्दै एक्कासी लडेका थिए। उनको घटनास्थलमै मृत्यु भयो।’ प्रहरी नायव उपरिक्षक पौडेलले दिनेश खवरलाई भने। मुत्युको कारण भने खुल्न सकेको छैन्।