सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी युवती, जसले कमाउँछिन् घण्टाकै १२ लाख !

। फोटो स्रोत ।
२०७६ चैत्र ४, ०६:१६ खबर संवाददाता

एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँदछिन् भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता भने यस्तै रहेको छ।

अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन्। उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँदछिन्। अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, चेल्सी पहिला त कार्यालयमा काम गर्दथिन तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन्।

सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन्। उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन्। चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्दछन्। लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो। उनको इन्स्टाग्राममामात्र ४६ दशमलव ६ लाख फलोअर्स छन्।

उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन्। आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन्। उनले फार्मेसीमा डिग्री लिएकी छन्। एजेन्सी
 

कमेन्ट लोड गर्नुस