सुदूर नेपाललाई विश्वसँग जोड्दै

मास्कमा कालोबजारी गर्ने नेविसंघ बाजुराका नेतासहित ८ जना पक्राउ

२०७६ चैत्र ३, ०५:२५ खबर संवाददाता

मास्कमा कालोबजार गरेको भन्दै नेविसंघ बाजुराका नेतासहित ८ जना पक्राउ परेका छन्। कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित उनीहरुलाई काठमाडौंको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। 

पक्राउ पर्नेमा नेविसंघ बाजुरा–काठमाडौं सम्पर्क समिती सचिव थुमराज उपाध्याय, गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन– २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा,  न्रिप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ। मञ्जुश्री सप्लायर्सले ३÷४ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस