सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलेर ल्याइएको १४ क्विन्टल चिनी बरामद

२०७६ चैत्र ३, ०४:५५ खबर संवाददाता

कञ्चनपुर : भन्सार छलेर ल्याइएको चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेड क्वाटर शैलेश्वरी गणले गयराति शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर क्षेत्रबाट साढे १४ क्विन्टल चिनी बरामद गरेको हो।

शैलेश्वरी गणका गणपति वीरबहादुर शाहुका अनुसार २९ बोरामा रहेको चिनी तस्करले ठाँउमा पुगाउन नपाउँदै सशस्त्रले नियन्त्रणमा लिएको थियो। बरामद गरिएको चिनी आइतबार भन्सार चलान गरिएको छ। जिल्लामा दुई ठूला चिनी उद्योग छन्।

कमेन्ट लोड गर्नुस