सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसारको सबैभन्दा डरलाग्दो बिरालो !

। फोटो स्रोत ।
२०७६ चैत्र १, ०५:४६ खबर संवाददाता

तपाई हामीले अहिलेसम्म धेरै बिरालोहरु देखेका होलाउँ। तर यो बिरलो सायदैले मात्र देखेका छौँ। यो बिरालोलाई संसारकै सबैभन्दा डरलाग्दो बिरालो मान्ने गरिन्छ। उक्त बिरालोको नाम ह्जभचमबल रहेको छ। ६ वर्षको यो बिरालो स्विट्जरल्याण्को रुटीमा बस्दछ। यो बिरालो सोसल मिडियामा एकदमै फेमस छ।

यो बिरालोको शरीरमा एउटा पनि कपाल छैन र यो बिरालो एक प्रकारको रोगबाट ग्रसित छ। त्यसैले उक्त बिरालोको शरीरमा धेरै प्वालहरु बनेका छन्। यो बिरालो सान्द्रा फ्लिप नामकी एक महिलाले पालेकी छन्। ४७ वर्षकी सान्द्राका अनुसार बिरलो संसारकै सबैभन्दा क्युट क्याट हो। उनले भनिन, बिरालोलार्ई एलियनको नामबाट बोलाउने गरिन्छ, त्यसैले मलाई अत्याधिक रिस उठ्दछ। इन्स्टाग्राममा बिरालोका २२ हजार भन्दा धेरै फलोअर्स छन्। एजेन्सी
 

कमेन्ट लोड गर्नुस