सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक बदमास पनि असल हुनसक्छ

२०७६ फाल्गुन ३०, ०२:०७

प्रयास गरेर हेर सफल हुनसक्छ
एक बदमास पनि असल हुनसक्छ

हरेक व्यक्तिसंगको भेट सम्झने गर
जिन्दगीलाई बदल्ने पल हुनसक्छ

क्षितिज पारीको देशमा लैजान्छु नभन
त्यहाँ हामी जस्तै पागल हुनसक्छ

रुखो बोल्यो भनेर चित नदुखाउ तिमी
उसको मन चोखो निश्चल हुनसक्छ

घरको छानो उडाएर लग्यो त के भो
घामलाई छेकि दिने बादल हुनसक्छ

कमेन्ट लोड गर्नुस