सुदूर नेपाललाई विश्वसँग जोड्दै

केहि नखाई ३० वर्षसम्म बाँच्न सक्ने जीव !

। फोटो स्रोत ।
२०७६ फाल्गुन २७, ०६:०२ खबर संवाददाता

कुनै प्राणी केहि नखाइ धेरैमा कति समयसम्म बाँच्न सक्ला? एक दिन दुई दिन एक हप्ता। तर संसारमा एउटा यस्तो जीव पनि छ जो केही नखाई ३० वर्षसम्म बाँच्न सक्दछ। यो खबरले तपाई छक्क पर्नुहुन्छ होला। तर, यो सत्य हो। संसारमा यस्तो पनि अजीव जीव छ, जो हेर्दैमा पनि निकै अद्भुत देखिन्छ।

स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको छ। यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन्। र, उनीहरूले नयाँ निस्कर्ष निकालेका छन्। यो जीवको नाम वाटर रिज हो। नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन्। यो जीव वह्माण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाँच्ने सक्ने क्षमताको हुन्छ।

त्यति मात्र होइन, यो जीवले झन्डै ३० वर्षसम्म कुनै पनि खानेकुरा नखाई बाँच्न सक्छ। यो अनौठो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्न सक्दछ। तथ्यअनुसार यो कुनै दिन पृथ्वी प्रलय हुँदा नष्ट नहुने वैज्ञानिकले दाबी गरेका छन्। अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो जीव समुन्द्रमा पाइन्छ। यो जीव समुन्द्रको सबै भन्दा तलको स्थानमा पनि बस्न सक्दछ। त्यसैले यसलाई पानीको चापले पनि कुनै असर गर्दैन। यो पृथ्वीमा पाइनेमध्ये सबैभन्दा सुरक्षित जीव पनि मानिन्छ। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस