सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीको अनसनले जन्माएको धनगढीको स्वस्फुर्त समूह

स्वर्गीय क्रिकेटर केशव सिँहको उपचारका लागि रकम संकलन गरिरहेको स्वस्फुर्त युवा समुह।
स्वर्गीय क्रिकेटर केशव सिँहको उपचारका लागि रकम संकलन गरिरहेको स्वस्फुर्त युवा समुह।
२०७६ फाल्गुन २४, ०७:१६ रोशन भट्ट

धनगढी : चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी पछिल्लो समयमा १७ औँ पटक डडेल्धुरा पुगेर अनसन बसे। यसअघी देशका विभिन्न भूभागमा पुगेर अनसन बसेका डा. केसीलाई जनस्तर बाट राम्रै साथ मिल्यो। सोही क्रममा डा. केसीले उठाएका माग सम्बोधन हुनु पर्ने भन्दै सुदूरपश्चिमका विभिन्न स्थानमा ¥याली, धर्ना लगायत शान्तीपुर्ण अन्दोलनका कार्यक्रहरु आयोजना भए।

डा. केसीले उठाएका मागहरुको समर्थन गर्ने जमातमा धेरै संख्या युवाहरुको पनि थियो। चिकित्सा शिक्षा सुधारका मागलाई समर्थन गर्ने क्रममा धनगढीका केही युवाहरुको जमघट भयो। सोही जमघटले जुराएको नाम हो, स्वस्फुर्त युवा समूह। कुनै राजनीतिक दल र उनीहरुको भातृसंगठन भन्दा माथि उठेर बनाईएको थियो उक्त समूह। उक्त समूहमा संयोजकको जिम्मेवारीमा थिए चुन्नु केसी।

डा. केसीको पक्षमा वकालन गर्नकै लागि खोलिएको उक्त समूहले त्यसयता धेरै विषयको वकालत गरेको छ। निर्मालाका लागि न्याय माग्दै उनीहरुले सडकमा शान्तिपूर्ण प्रदर्शन पनि गरे। सो समयमा संयोजक चुन्नु केसी सहित संस्थापकहरु रोहित चन्द, विकेश भण्डारी, सुरेन्द्र शाह, प्रशान्त मल्ल, निश्चल जोशी लगायतका युवाहरु सक्रिय रहेका थिए। अहिले उक्त समूह विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको छ।

रक्तदान, स्वास्थ्य शिविर, विपन्नको उपचार खर्च संकलन लगायत समस्यामा परेका व्यक्तिका लागि उनीहरुले सहयोग अभियान चलाउदै आएका छन्। राष्ट्र निर्माणका सवालमा सरकारलाई दवाव दिनको लागि गठन भएको समूहले पहिलो पटक चिकित्सा शिक्षा सुधारको लागि सरकारलाई दवाव दिएको स्वस्फुर्त युवा समूह धनगढीका वर्तमान अध्यक्ष विकेश भण्डारीले बताउँछन्। उनले भने, ‘देशभरीनै चर्चाको विषय बनेको अर्को घटना हो कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण।

१३ वर्षीय बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासी, महिला अधिकारकर्मी लगायतकाले लामो समयसम्म अन्दोलन गरे। निर्मलाका लागि न्याय माग्दै हामीले पनि संघर्ष ग¥यौँ।’ संस्थापक संयोजक चुन्नु केसीले भन्छन्, ‘१३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा सार्वजनिको माग राख्दै भएको अन्दोलनमा प्रहरीको गोली लागी कञ्चनपुरकै १४ वर्षीय सनी खुनाले ज्यान गुमाए।

सोही अन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारका लागि आर्थिक स्रोत जुटाउने काम देखि उपचारमा सहजीकरण गर्नेमा समेत स्वस्फुर्त युवा समूह सक्रिय रह्यो।’ धनगढी लगायतका विभिन्न क्षेत्रमा सडकमा जिवन विताईरहेका विपन्न, मानसिक रोगीहरुको पनि उद्दार गर्नमा सक्रिय रह्यो उक्त समूह। सडकमा जिवन विताउनेहरुको उद्दार गरि कैलालीमा रहेका दृष्टि फाउण्डेसन, मानव सेवा आश्रम र सहार घर सम्म पुगाउन पनि उक्त समूहले सहयोग गर्दै आएको छ।

धनगढी उप–महानगरपालिकाका सबै वडामा उप–महानगरपालिकाको सहयोग तथा सुदूरपश्चिमाञ्चल एकेडेमीको सहकार्यमा स्वास्थ्य परिक्षण गर्न पनि उक्त समूह सफल भएको थियो। यो संगै विपन्न परिवारलाई खाद्यान्न, विद्यार्थीहरुको स्टेशनरी, लुगाकपडा सहयोग गरेको समूहका अध्यक्ष भण्डारी बताउँछन्। गत जेठ २३ गते चलेको विनासकारी हावाहुरीका कारण समस्या परेका विपन्न परिवारहरुको लागि विभिन्न निकायको सहयोगमा घर टहरा निर्माण गर्ने काममा समेत सक्रिय रहेको स्वस्फुर्त समुहले धेरैको घाउमा मलम लगाउने काम गरेको छ।

नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा रत्तदानका कार्यक्रम आयोजना गर्ने आकश्मिक रगत आवश्यक परेमा समेत उक्त समूहले सहयोग गर्दै आएको छ। क्यान्सर पीडित डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्रिकेट खेलाडी २६ वर्षीय केशव सिंहको उपचारका लागि पनि विभिन्न युवा क्लब, संघसंस्थाहरुले आर्थिक संकलन गर्दा स्वस्फुर्त युवा समूह पनि त्यो बाट अछुतो रहन सकेन।

कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या हुन थालेपछि धनगढीको स्वस्फुर्त युवा समूहले सहयोग संकलन अभियान संचालन गरि दुई लाख २८ हजार भन्दा बढी रकम जम्मा गरेको थियो। यद्यपी उनलाई बचाउन भने सकिएन। उक्त समुहले धनगढीमा छाडा कुकुरका लागि घर स्थापना गरेको छ।

उप–महानगरपालिकाको वडा नम्बर ४ उत्तरवेहडीमा छाडा कुकुरहरुको लागि घर स्थापना गरिएको हो। आफ्नै लगानीमा घर स्थापना गरेर छाडा कुकुर राख्न सुरु गरिएको छ। नेपाल पत्रकार महासंघ बैतडीका सदस्य महेशप्रसाद अवस्थीले आफ्नो २ महिने छोरालाई कलेजो दिएर बचाएका छन्। सुर्नया गाउँपालिका वडा नम्बर ६ का अवस्थीका छोराको उपचारमा भने अहिले आर्थिक समस्याछ।

अवस्थीको उपचारमा केही सहज होस् भन्ने उद्देश्यका साथ स्वस्फर्त युवा समूहले आर्थिक संकलन गर्ने अभियान संञ्चालन गरेको छ। १५/२० जनाले सुरुवात गरेको उक्त समूहले अहिले औपचारीकता समेत पाएको छ। अहिले ११ सदस्यीय कार्य समिति गठन भएको छ भने ३० जना सदस्य रहेका छन्। वार्षीक तीन सयका दरले सदस्यता शुल्क संकलन गरि खर्च व्यवस्थापन गरिरहेको उक्त समूहले अहिले उप–महानगरपालिकाको वडा नम्बर ४ उक्तरवेहडीमा कार्यालय स्थापना गरिएको छ।

समूहको सदस्य संख्या बढाउने कसरत भईरहेको समुहकै सल्लाहाकार आशिष ऐरले बताए। आफ्नो भविष्य संग–संगै समाजसेवा लागेका युवाहरुलाई समाजले भने सहजै विश्वस गर्न नसकेको गुनासो उनीहरुको छ। सल्लाहकार ऐरले भने, ‘उक्त समूहमा लागेका युवाहरुले आफ्नो व्यपार, व्यवयाय, पढाई, रोजगारीलाई निरन्तरता दिनै समाज सेवापनि गरिरहेका छन्। तर युवाहरुलाई अवसर नदिदा सबै क्षेत्रमा समस्या भईरहेको छ।’

हप्ताको एक दिन समाजलाई दिनु पर्छ भन्ने मान्यताका साथ धनगढीका युवाहरुले उक्त समूहमा जोडिन आवश्यक रहेको स्वस्फुर्त समूहका सल्लाहकार किसोर थापा बताउछँन्। सामाजिक कार्य, राजनीतिक सचेतनाका लागि पनि युवाहरु सक्रिय हुन आवश्यक रहेको उनको धारणा छ। ‘अहिले विश्वभरीनै कोरोना भाईसरको आतंक फैलिका वेला नेपाल पनि त्यसको उच्च जोखिममा छ।’ उनले भने ‘यसमा पनि हामीले आजदेखि नै जनचेतना फेलाउने काम गर्न आवश्यक छ। त्यस्का लागि पनि हामी तयारीमा छौँ।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस