सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदिराको नशामा एक दम्पतीले किने बास बसेकै होटल

। फोटो स्रोत ।
२०७६ फाल्गुन २३, ०६:१७ खबर संवाददाता

जोसमा होस गुमाउँदा श्रीलंका घुम्न आएको एक जोडी बदनाम हुन पुगेका छन्। यो घटना रक्सीको नशाम रहेको एक जोडीको फैसलाको हो। एक बेलायती जोडी हनिमूनका लागि श्रीलंका घुम्न आएका थिए। रक्सीको सुरमा रहेका उनीहरुले श्रीलंकाको एक होटल नै खरिद गरेका थिए।

मिररको रिपोर्टसअनुसार हनिमून मनाउन श्रीलंका आएका बेलायती जोडी एक होटलमा बसेका थिए। धेरै रक्सी पिएका उनीहरुले बसेको होटल नै खरिदको योजना बनाएका थिए। उनीहरुलाई जुन होटलमा बसेको छ, त्यो होटलको लिज केही समयमा नै सकिँदैछ भन्ने थाहा भएसँगै होटल लिजम लिने निर्णय गरेका थिए। जसका लागि उनीहरुले व्यावसायिक योजना पनि बनाएका थिए।

उनीहरुले होटल मालिकलाई बदलामा ३० हजार पाउण्डको अफर गरेका थिए र मालिकले पनि स्वीकार गरेका थिए। जसमा पहिलो वर्षको लागि १५ हजार पाउण्ड र दोस्रो वर्षको लागि १५ हजार पाउण्ड दिने सम्झौता भएको थियो।

उक्त जोडीका अनुसार पछि बेलायत पुगेपछि घरपरिवारका सबै सदस्यले उक्त होटल खरिद गर्नु मूर्खता रहेको बताएका थिए। यद्यपि उनीहरुले आफ्नो निर्णय भने बदलेनन्। आधिकारिक रुपबाट उनीहरु गत जुलाईबाट उक्त होटलको मालिका बनेका छन्। एजेन्सी

कमेन्ट लोड गर्नुस