सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालमा महिला र पुरुष बिरामीलाई एउटै शैय्यामा सुताइयो

२०७६ फाल्गुन १७, ०३:२५

भारतको मध्यप्रदेशसको सबैभन्दा ठूलो सरकारी अस्पताल महाराजा यशवन्तराव अस्पतालमा दुई बिरामीलाई एकै बेडमा राखिएको समाचारले भारतमा चर्चा पाएको थियो।

उक्त भिडियो भाइरल नै बनाइएको छ। ‘एक्स रे’को लागि दुई बिरामी बेड शेयर गर्न बाध्य भएका हुन्। जब कि, ती बिरामी एक महिला र एक पुरुष हुन्। साथै एकआपसमा अपरिचित थिए उनीहरु।

खंडवा जिल्लामा बस्दैआएकी संगीता नाम गरेकी बिरामी १२ दिनअघि दुर्घटनामा घाइते भएपछि अस्पताल भर्ना भएकी थिइन्। दायाँ खुट्टा भाँचिएपछि उनलाई अर्थोपेडिक विभागमा भर्ना गराइएको थियो।

संगीताका श्रीमानका अनुसार उनलाई चिककित्सकीय परीक्षणको लागि पुरुष बिरामीसँगै बेडमा राखिएको थियो। -ऐेजेन्सी

कमेन्ट लोड गर्नुस