सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीलाई नै समातेर ‘किस’ गरिदिएपछि...

२०७६ फाल्गुन १७, ०३:००

घटना केहि समय अगाडीको हो। भारतको तेलंगनामा बोनालु फेस्टिबल मनाउँदै गरेको एउटा भीडमा अनौठो घटना भएको थियो। 

रक्सीले नाचिरहेका एक युवकले प्रहरीलाई समातेर किस गरिदिँदा उनी फन्दामा फसे। ती युवाकले प्रहरीलाई किस गरेको भिडियो भने सामाजिक सञ्जालमा भाइरल नै भएको थियो। आइतबार मध्यरातमा सडकमै भइरहेको भीडमा पुगेका प्रहरीलाई दुव्र्यवहार भएको हो।

भिडियोमा ती युवाकलाई प्रहरीले धकेलेको पनि देखिन्छ। घटनापछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार युवक एउटा प्राइभेट बैंकका कर्मचारी हुन्। रक्सीले मातेर अचानक प्रहरीलाई उनले दुव्र्यवहार गरेका थिए।-ऐजेन्सी

कमेन्ट लोड गर्नुस