सुदूर नेपाललाई विश्वसँग जोड्दै

योगा गर्दा गर्दै युवती ६ तलाबाट खसेपछि...

२०७६ फाल्गुन १७, ०२:४२

मेक्सिकोस्थित एक युवती ८० फिट माथिबाट खसेपछि पनि बाँच्न सफल भएकी छन्।

योगा गर्ने क्रममा एलेक्सा तेराजा नाम गरेकी ती युवती बाल्कोनीबाट खसेकी थिइन्। सान पेद्रोस्थित अपार्टमेन्टको छैटौँ तलाको बाल्कोनीबाट उनी खसेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।

२३ वर्षीया युवती योगा गर्ने क्रममा स्टन्ट गरिरहँदा खसेको डेली मेलले केहि समय अगाडि समाचार तयार पारेको थियो। -ऐजेन्सी
 

कमेन्ट लोड गर्नुस