सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

२०७६ फाल्गुन १३, १०:१३ खबर संवाददाता

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गे्निङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको बैठक आज दिउँसो एक बजे बस्न लागेको हो।

आजको बैठक भने सुचारु हुने बताइएको छ। यसअघि हिजो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको थियो। यसअघि विभिन्न माग राख्दै पटक–पटक संसद अवरुद्ध पारेको कांग्रेसले आज भने संसद अवरुद्ध नपार्ने जनाएको छ। 

कमेन्ट लोड गर्नुस