कैलालीमा अवैध रुपमा भारत निर्यात हुँदै गरेको केराउ बरामद
कैलाली : कैलालीमा अवैध रुपमा भारत निर्यात हुँदै गरेको केराउ बरामद गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका ९ मा रहेको सत्ती भन्सार कार्यालयले भारतमा अवैधरुपमा निर्यात हुँदै गरेको केराउ बरामद गरेको हो।
भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालका अनुसार ट्याक्टरमा भन्सार छलेर अवैध बाटो हुँदै भारत लैजादै गरेको १ सय ५ बोरा केराउ आइतबार राति १२ बजे बरामद गरिएको हो।
यसअघि भन्सार कार्यालयले विभिन्न समयमा बरामद गरेको करिब दुई लाख बराबरको केराउ लिलाम गर्ने तयारी गरेको छ।