सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको तारानगर सामुदायिक वनको अध्यक्षमा चौधरी

२०७६ फाल्गुन १०, ०८:५३ खबर संवाददाता

धनगढीको तारानगर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा देवकुमार चौधरी निर्वाचित भएका छन्। शनिबार चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। उनले चित्रा ओझालाई पराजित गरेका छन्।

चौधरीले एक सय ३३ मत ल्याए भने ओझाले ८८ मत ल्याइन्। सचिवमा रमा चन्द विजयी भएकी छिन्। उनले एक सय १८ मत ल्याइन्। उनका प्रतिद्धन्दी धनराज अवस्थिले ८२ मत ल्याए। कोषाध्यक्षमा यशोदा भण्डारी विजयी भएकी छिन्। उनले एक सय २५ मत ल्याइन्। उनका प्रतिद्वन्दी अनिता चौधरीले ९० मत ल्याइन्।

वन उपभोक्ता समुहको उपाध्यक्षमा कलावती पडाल, सह–सचिवमा रिता कार्की तथा सदस्यहरुमा प्रकाशराज भट्ट, जयराज जोशी, जगत बहादुर शाही, शुसिला भट्ट, शान्ती बम, सरस्वती कुंवर, जोधनी चौधरी र हुकुम शाह निर्बिरोध चयन भएका निर्वाचन अधिकृत दलबहादुर बोहराले बताए। समुहका दुई सय ६१ मतदाता रहेकोमा दुई सय २६ मत खसेका थिए। 
 

कमेन्ट लोड गर्नुस